टोखा रोडमा नयाँ शोरूमसँगै काठमाडौंमा कजारिया रमेश टायल्सको बजार विस्तार
काठमाडौं : कजारिया रमेश टायल्स लिमिटेडले काठमाडौंको टोखा रोडमा एक विशेष शोरूम सञ्चालनमा ल्याई उपत्यकामा आफ्नो रिटेल सञ्जाललाई थप विस्तार गरेको छ। जगदम्बा इन्टरनेसनलसँगको सहकार्यमा व्यवस्थापन गरिएको यस नयाँ शोरूमले स्थानीय घरधनी, निर्माण व्यवसायी र इन्टेरियर डिजाइनरहरूलाई लक्षित गर्दै विश्वस्तरीय ब्राण्डका फ्लोर र वाल टायलहरूको विस्तृत दायरा सिधै स्थानीय समुदायसम्म पुर्याउने उद्देश्य राखेको छ।यस शोरूमको औपचारिक उद्घाटन असार १३ गते शनिबार बिहान ११ बजे सम्पन्न भएको हो।
