SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना सुकुम्वासी पक्राउ

कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय डम्बरबहादुर तामाङ रहेका छन् । उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।