SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०५:०० PM · 1 मिनेट पढाइ

एउटै प्रकृतिका बेरुजु दोहोरिनु सुशासनका लागि चिन्ताजनक : सभामुख अर्याल

काठमाडौं : सभामुख डोलप्रसाद अर्यालले हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले चिन्ताको विषय भएको बताएका छन्।महालेखापरीक्षकको कार्यालयको ६८औं वार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा सभामुख अर्यालले बेरुजु कुनै पनि संस्थाका लागि गौरवको कुरा हुन नसक्ने भन्दै हरेक वर्ष एउटै प्रकृतिका बेरुजु दोहोरिनु वित्तीय अनुशासन र सुशासनका दृष्टिले समेत चिन्ताको विषय रहेको बताए।