मविरुद्ध कूप्रचार भयो : झलनाथ खनाल
काठमाडौं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विभाजन गरेर नयाँ पार्टी खोल्न लागेको भन्दै आफूविरुद्ध कूप्रचार भएको बताएका छन्।सोमबार काठमाडौंमा आफूले लेखेको वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद पुस्तक विमोचन कार्यक्रममा खनालले नेकपा विभाजन गरेर नयाँ पार्टी खोल्ने प्रयत्न गरेको भन्दै केही मान्छेले आफूविरुद्ध कूप्रचार गरेको बताए। उनले कूप्रचारको खेल कसैले पनि नखेल्न सुझाव दिए।
