SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

१६.५४ अंकले घट्यो सेयर बजार, कारोबार रकम २ अर्ब ६८ करोडमा सीमित

काठमाडौं : सेयर कारोबार साताको पहिलो कारोबार दिन सोमबार नेप्से परिसूचक उच्च अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १६.५४ अंकले घटेर २६३२.९६ विन्दुमा अडिएको छ।३५१  वटा स्क्रिप्सको ७६ लाख ९९ हजार  २२७ कित्ता सेयर २ अर्ब ६७ करोड १८ लाख  ३२ हजार ९६५ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २९ वटा स्टक्सको मूल्य बढ्दा २४० वटाको घट्यो। ६ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।नेप्से परिसूचक दोहोरो अंकले घटेपनि चारवटा कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।