SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

सडक सञ्जाल विस्तारले फेरिँदै हेटौंडाको मुहार

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले नगरवासीलाई सहज यातायात सुविधाका लागि सडक पूर्वाधारमा लगानी गरेको छ। उपमहानगर बन्ने क्रममा गाभिएका तत्कालीन पाँच गाउँपालिकालाई लक्षित गर्दै सडक निर्माणमा लगानी गरेको हो। उपमहानगरमा पछि जोडिएका हटिया, हर्नामाडी, चुरियामाई, पदमपोखरी र बसामाडीका नगरवासीलाई सहज सडक सञ्जालसँग जोड्नका लागि आर्थिक वर्ष २०७७ सालदेखि २०८२ सम्म २ सय ४८.५४ किलोमिटर सडक निर्माण गरेको हो।