SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०३:०१ PM · 1 मिनेट पढाइ

रसुवागढी नाकामा किन रोकियो सवारी आवागमन ?

काठमाडौं : चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी केही दिनका लागि बन्द गरिएको छ। नेपाल-चीन जोड्ने मितेरी पुल मर्मतका लागि नाका बन्द गरिएको हो। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार २/३ दिनका लागि नाकामा सवारी साधनको आवतजावत बन्द गरिएको हो। चिनियाँ टोलीले मनसुन र बाढी पहिरोलाई मध्यनजर गरी आजदेखि पुलको गुणस्तर मापन तथा मर्मत सम्भारको कार्य गर्न लागेकाले नाका बन्द गरिएको हो।