रास्वपाले संघीयता खारेज गर्ने षडयन्त्र गरिरहेको छ : सांसद खालिद
राष्ट्रिय सभाका सांसद मोहम्मद खालिदले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संघीयता खारेज गर्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद खालिदले संघीयता नेपाली जनताको बलिदानबाट स्थापित व्यवस्था भएकाले त्यसलाई कमजोर बनाउने वा खारेज गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने बताएका हुन् ।
