SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

संघीयतामाथि कसैले छेडखानी गरे मधेसी जनताले प्रतिरोध गर्छन् : पूर्वमुख्यमन्त्री सोनल

वीरगन्ज : मधेश प्रदेशका पूर्वमुख्यमन्त्री जितेन्द्र सोनलले संघीय व्यवस्थामाथि छेडखानी गरिए मधेसी जनता प्रतिरोधमा उत्रिने चेतावनी दिएका छन्। सोमबार  एक विज्ञप्ति जारी गर्दै सोनलले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनबाट प्रदेशसभा खारेज गर्ने प्रस्ताव अघि सारिएकोप्रति आपत्ति जनाएका हुन्।उनले संघीयता,समानुपातिक समावेशिता,पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र,निष्पक्ष र सक्षम न्यायपालिकालगागयतका विषयमा कुनै पनि प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट पारे।