SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०२:०१ PM · 1 मिनेट पढाइ

गणेश हिमाल आसपास नयाँ हिमशिखरको पहिचान

गोरखा : गोरखाको गणेश हिमाल आसपास नयाँ हिमाल पहिचान भएको छ । नेपाली र अमेरिकी पर्वतारोहीहरूको टोलीले यसअघि आरोहण नभएको नयाँ लुम्बो हिमालको आरोहण गरेर यसको पहिचान गरेका हुन् । चुमनुब्री र धार्चे गाउँपालिकाको सीमा आसपास,गणेश हिमालकै श्रृङ्खलामा पर्ने ६ हजार २५० मिटर अग्लो लुम्बो हिमालको पहिलो पटक सफल आरोहण गरिएको अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक तुलसी गुरुङले जानकारी दिए ।यससँगै उनीहरूले देशकै सबैभन्दा कम अन्वेषण गरिएको हिमाली क्षेत्रमा नयाँ शिखरको बाटो खोलेका हुन् ।