सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन : लगानीकर्ताको हितमा इमानदारीपूर्वक काम गर्नू
काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन) का नवनियुक्त अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई लगानीकर्ताको हितलाई केन्द्रमा राखेर इमानदारीपूर्वक र नतिजामुखी ढंगले काम गर्न निर्देशन दिएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री वाग्लेले अध्यक्ष भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
