SHARE
लोक पथ · सोमबार १५ असार २०८३ ०७:५८ AM · 1 मिनेट पढाइ

‘होल्डिङ सेन्टर’का सुकुमबासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । राष्ट्रियसभाको सोमबारको बैठकको शून्य समयमा सांसदहरूले सुकुमबासी, कृषि, बालअधिकार, शिक्षा, खानेपानी, सीमा नाका र किसानका समस्या लगायतका समसामयिक विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । सांसद चन्द्रबहादुर केसीले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुमबासीको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे ।