साउदी अरेबियाले गर्दै पर्यटन पूर्वाधारमा तीव्र विस्तार
साउदी अरेबिया : साउदी अरेबियाले पर्यटन क्षेत्रलाई विश्वकै अग्रणी गन्तव्यका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत सन् २०३० सम्म देशभर होटल क्षेत्रको विस्तार गर्ने भएको छ। साउदी सरकारको दृष्टि– २०३० अन्तर्गत १ लाख ५ हजारभन्दा बढी होटलका कोठा थप्ने तयारी गरेको हो। सरकारले सन् २०३० सम्म वार्षिक १५ करोड स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने लक्ष्य राखेको छ।
