धान रोपेर मनाइयो धान दिवस
काठमाडौं : २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव देशभर धान रोपाइँ गर्दै मनाइएको छ । विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । जलवायुमैत्री प्रविधि,धानमा आत्मनिर्भरता र समृद्धि भन्ने मूल नारासहित सरकारले ललितपुरको खुमलटारस्थित नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्रमा मूल समारोह आयोजना गरेको थियो ।
