चरम गर्मीको चपेटामा युरोप, जनजीवन अस्तव्यस्त
काठमाडौं । युरोपका विभिन्न देशहरू हाल कीर्तिमानी गर्मीको चपेटामा परेका छन् । जलवायु परिवर्तनका कारण महाद्वीपभर चरम तापक्रमको नयाँ चरण सुरु भएको भन्दै वैज्ञानिकहरूले चिन्ता व्यक्त गरेका छन् । बढ्दो तापक्रमका कारण स्वास्थ्य सेवा, यातायात तथा अग्नि नियन्त्रण सेवामा ठूलो चाप परेको छ ।
