SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०६:४२ AM · 1 मिनेट पढाइ

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री हसिना यसै बर्ष स्वदेश फर्किने

विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बङ्गलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन् । उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै बर्ष स्वदेश फर्किने उल्लेख गरेकी छिन् । उनीविरुद्ध गत महिनाहरूमा मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्डको फैसला सुनाइएको थियो ।