SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

पदमुक्त निर्णयविरुद्ध पाल्हीनन्दनकी उपाध्यक्ष सर्वोच्चमा, अध्यक्षको पदमुक्तविरुद्धको रिट खारेज

परासी : निर्वाचन आयोगले पदमुक्त गर्ने निर्णय गरेपछि पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष फातुमा खातुन अंसारी सर्वोच्च अदालत पुगेकी छन् । निर्वाचन आयोगले असार ९ गते सूचना निकालेर उनको उपाध्यक्ष पद रिक्त भएको जनाएको थियो । आयोगले राजनीतिक दलसम्बन्धी कानुन बमोजिम नेपाली कांग्रेसबाट निर्वाचित अन्सारीले दल परित्याग गरी अर्को दलको पक्षमा गतिविधि गरेको भन्दै उनको निर्वाचित पद स्वत: रिक्त भएको जनाएको थियो।