संखुवासभामा तीनदेखि लगातार वर्षा :सिलीचोङमा बाढीपहिरोले बस्ती उच्च जोखिममा
सङ्खुवासभा : गत तीन दिनदेखि निरन्तर परेको अविरल वर्षाका कारण सङ्खुवासभाको सिलीचोङ गाउँपालिका पहिरो तथा विपद्को उच्च जोखिममा परेको छ । सिलीचोङ–१ को सिसुवाखोला क्षेत्रका तेन्छोङ, होयाङ्ला, चेप्चेवा, नेवाटार, याङसिम र गोगानेलगायतका बस्तीहरू पहिरोको उच्च जोखिममा रहेको भुपालराज मेवाहाङले जानकारी दिए । गाउँपालिका अध्यक्ष मेवाहाङका अनुसार जोखिमका कारण स्थानीय नागरिकलाई अस्थायी रूपमा सुरक्षित स्थानमा सारिएको छ ।
