धितोपत्र बोर्डका अध्यक्षलाई निर्देशन दिँदै अर्थमन्त्रीले भने : मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ
काठमाडौं : अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपालप्रसाद भट्टलाई निर्देशन दिएका छन्। नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षलाई पद तथा गोपनीयताको शपथ गराएपछि वाग्लेले कुनै पनि प्रकारका लोभ र प्रलोभनबाट टाढा रहेर काम गर्न निर्देशन दिएका हुन्।‘कुनै पनि लोभ र प्रभावमा नपरी पुँजीबजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,’ अर्थमन्त्री डा.वाग्लेले भने, ‘म साथमा छु। सरकारले सबैखाले सहयोग गर्छ।
