अमेरिका–इरानबीच आक्रमण रोक्ने सहमति, वार्ता जारी रहने : अमेरिका
वासिङ्टन । अमेरिका र इरानबीच एकअर्कामाथि आक्रमण रोक्ने सहमति भएको छ र मध्यपूर्व युद्ध अन्त्य गर्नका लागि वार्तालाई जारी गर्ने एक अमेरिकी अधिकारीले आइतबार राति जानकारी दिएका छन् । १७ जुनमा भएको संवेदनशील समझदारीपत्रको बाबजुद पछिल्ला दिनमा अमेरिकी र इरानी सेनाले एकअर्कामाथि आक्रमण गरेका थिए ।
