जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ
सल्यान : २४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्। सिद्धकुमाख गाउँपालिका-३ डाँडाकटेरी बस्ने ३० वर्षीय वीरेन्द्र बोहरालाई शनिबार दिउँसो प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरेको हो। महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढोरचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।यसैगरी ३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका-५ शिवगंज बस्ने ४५ वर्षीय मनोज माझीलाई प्रहरीले पक्राउ गरेको छ।
