कूलपूजाका लागि श्रीमती र छोराबुहारीसहित जाँदै थिए, बाटैमा लडेर घरमुलीको मृत्यु
काठमाडौं । कुलपूजाका लागि अछाम जाँदै गरेका एक व्यक्तिको भीरबाट लडेर मृत्यु भएको छ । सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित कोल्टेभिरबाट खस्दा पञ्चपुरी नगरपालिका–९ कुलिबाड निवासी ५५ वर्षीय लोकबहादुर सुनारको मृत्यु भएको हो ।
