विश्वकप : समूह चरणमा तोडिए अनेक कीर्तिमान
फिफा विश्वकप २०२६ को समूह चरण रोमाञ्चक प्रतिस्पर्धासहित सम्पन्न भएको छ । पहिलोपटक ४८ टोलीको सहभागितामा आयोजना गरिएको विश्वकपले मैदानभित्र र बाहिर दुवै क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको फिफाले जनाएको छ । क्यानडा, मेक्सिको र अमेरिकामा संयुक्त रूपमा भइरहेको प्रतियोगिताको समूह चरणमा कुल ७२ खेल खेलिएका थिए ।
