वाम शीर्ष नेता एउटै मञ्चमा, सहकार्यको प्रस्ताव
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अगुवाइमा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल, नेकपाका सहसंयोजक माधव नेपाल र नेता झलनाथ खनालले आइतबार एउटै मञ्च ‘सेयर’ गरे ।आपसी तिक्तता, मनमुटाव र झैझगडाका कारण टाढिँदै गएका उनीहरू एउटै मञ्चमा देखा पर्दा नेता, कार्यकर्तामा हौसला त थपिएको थियो नै, कम्युनिस्ट शक्तिबीच पुनः सहकार्यको सन्देश पनि प्रवाह भयो । ओली, दाहाल, नेपाल र खनाल चारैजना पूर्वप्रधानमन्त्री पनि हुन् ।
