SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

असार १५ मा किन खाइन्छ दही चिउरा ?

काठमाडौं : आज असार १५ । रोपाइँ सकेको खुसीयालीमा भोजस्वरुप दही र चिउरा खाने दिन। तर, सिँचाइ र मलको अभावमा किसानले यस वर्ष नेपालमा धान रोप्नै पाएका छैनन्। सरकारले यस दिनमा धान दिवससमेत मनाउँदै आएको छ। नेपाली समाजमा परम्परागत रुपले नै असार १५ मा दही चिउरा खाने प्रचलन रहँदै आएको हो। कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ।