यसकारण कम्युनिस्ट पुनर्गठन
नेपालको कम्युनिस्ट आन्दोलनले सात दशकभन्दा लामो संघर्ष, त्याग र बलिदानको इतिहास बोकेको छ। यही आन्दोलनले राणाशासनविरुद्ध लोकतन्त्रको आवाज उठायो, पञ्चायती निरंकुशताको प्रतिरोध गर्यो , गणतन्त्र स्थापनाको आधार तयार गर्यो र संघीयता, समावेशिता तथा सामाजिक न्यायका एजेन्डाहरूलाई राष्ट्रिय राजनीतिको केन्द्रमा स्थापित गर्यो । त्यसैले नेपाली कम्युनिस्ट आन्दोलन केवल राजनीतिक संगठनहरूको इतिहास मात्र होइन, परिवर्तनका लागि नेतृत्व गरिएको जनसंघर्षको इतिहास हो।
