ट्राफिकको निशानामा कालोसिसा भएका सवारीसाधन
काठमाडौं : सवारी साधनको सिसा परिवर्तन गरी कालो स्टिकर लगाउने सवारी धनी कारबाहीमा पर्ने भएका छन्। उपत्यकामा चल्ने निजी तथा सार्वजनिक सवारी साधनको जडान गरिएको कालोसिसाका स्टिकर हटाउने अभियान सुरु भएको छ। उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेश सुवेदीले यातायात व्यवस्था ऐन–२०४९ को दफा ३९ अनुसार सवारी साधनको संरचना परिवर्तन गर्न नपाइने बताए।उनी भन्छन्, ‘ऐनविपरीत सवारीको नम्बर परिवर्तन गर्ने, सिसामा कालो स्टिकर लगाउने तथा सिट हेरफेर गर्ने सवारीधनीलाई कारबाही गरिन्छ।
