आक्रमण रोकेर वार्ताको टेबुलमा फर्किए अमेरिका र इरान, भोलि कतारमा वार्ता
काठमाडौं : मध्यपूर्वमा बढ्दो सैन्य तनाव कम गर्न संयुक्त राज्य अमेरिका र इरान तत्कालका लागि सैन्य कारबाही रोक्न सहमत भएका छन्। खाडी क्षेत्रमा लगातार चार दिनदेखि जारी भीषण आक्रमण र प्रत्याक्रमणपछि स्थिति थप भयावह हुन नदिन दुवै पक्षबिच यो आकस्मिक सहमति भएको अन्तराष्ट्रिय सञ्चार माध्यम रोयटर्सले जनाएकाे छ।यो सहमतिसँगै विश्वकै सबैभन्दा महत्त्वपूर्ण ऊर्जा आपूर्ति मार्ग मानिने 'स्ट्रेट अफ हर्मुज' जलमार्गमा व्यापारिक जहाजहरूको आवागमन पुनः सुचारु हुने भएको छ।
