SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०८:०० AM · 1 मिनेट पढाइ

कांग्रेसमा क्रियाशील सदस्यता झन् पेचिलो, देउवा पक्ष असन्तुष्टै

काठमाडौं : कांग्रेस सभापति गगन थापाले ‘क्रियाशील सदस्यता नवीकरण नगर्नेलाई पार्टीले नचिन्ने’ घोषणा गरे– असार ९ गते। पार्टीमा क्रियाशील सदस्यता नवीकरणको विवाद चर्किरहेका बेला सभापति थापाले झापाबाट गरेको यस्तो घोषणाले कांग्रेसमा थप द्वन्द्व निम्त्याएको छ। सभापति थापाको उक्त घोषणापछि पूर्वसंस्थापन शेरबहादुर देउवा पक्षीय नेताहरू झन् असन्तुष्ट बनेका छन्। पार्टीको १५औं महाधिवेशनको संघारमा कांग्रेसभित्र क्रियाशील सदस्यता अद्यावधिक प्रक्रिया झन्–झन् पेचिलो बन्दै गएको छ।