SHARE
पर्दाफास · सोमबार १५ असार २०८३ ०१:२५ AM · 1 मिनेट पढाइ

उदयपुरमा जंगली हात्तीले ६ घर भत्कायो

चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा जङ्गली हात्ती प्रवेश गरेर उपद्रो गरेको छ । कुमाङमा गए राति जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश बमले बताए ।