SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

काम नगर्नेलाई ठेक्का लिने अधिकार छैन

कर्णालीका कहर धेरै छन्। पूर्वाधारको पनि पूर्वाधार मानिने सडककै अभाव छ। बनेको मुख्य राजमार्ग कर्णाली राजमार्ग स्तरोन्नति नगरी भएको छैन। तर लगाएका ठेक्कामध्ये १६ वटा त रुग्ण छन्। अनि दुई जिल्ला मुगु र हुम्ला जिल्ला जोड्ने कर्णाली नदीमाथिको दोमुख पक्की पुल निर्माण पाँच वर्षदेखि पूर्ण रूपमा ठप्प प्रायः छ। ठेक्का दिएको २०७८ मंसिर १४ गते थियो। गएको जेठ ३० गते नै सकिनुपर्ने पुल हो त्यो। दुर्भाग्य के भने भौतिक प्रगति शून्य छ। अर्थात् ठेकेदार कम्पनी श्रीमृत सञ्जीवनी सेवा प्रालि हेटौंडाले माखो मारेन।