शल्यक्रियापछि घाउ पाक्यो ?
आजभोलि आधुनिक चिकित्सा विज्ञानमा शल्यक्रिया सामान्यजस्तो भइसकेको छ। स्त्रीरोग तथा प्रसवमा मात्रै होइन, अन्य विभागहरूमा पनि शल्यक्रियाको दर बढ्दो छ।एउटा कुशल शल्यचिकित्सकले शल्यक्रियामा शरीरको घाउ मात्र सिउँदैन, नयाँ जीवनको आशा पनि सिइरहेको हुन्छ। अस्पतालमा रहुन्जेल त चिकित्सक र नर्सहरूको न्यानो निगरानीले घाउलाई सुरक्षित बनाउने कोसिस गर्छन्। ३–४ दिनको बसाईपछि घरमा नै स्याहार गर्ने भनेर ‘डिस्चार्ज’ गरिन्छ।
