दक्षिण अफ्रिकालाई पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा
काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको पहिलो राउन्ड अफ ३२ को खेलमा दक्षिण अफ्रिकालाई १-०ले पराजित गर्दै क्यानडा राउन्ड अफ १६ मा प्रवेश गरेको छ। लस एन्जलस स्टेडियममा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै तर्फबाट कुनै गोल भएको थिएन। ९० मिनेटमा थप गरिएको पाँच मिनेटको इन्जुरी समयको दोस्रो मिनेटमा क्यानडाका स्टेफेन युस्टाकियोले गोल गरे। यही गोल नै निर्णायक हुन पुग्यो। खेलको पहिलो हाफ गोल रहित बराबरीमा सकिँदा दोस्रो हाफमा पनि गोल निस्किएको थिएन।
