SHARE
अन्नपूर्ण · सोमबार १५ असार २०८३ ०७:०१ AM · 1 मिनेट पढाइ

धान दिवस मनाइँदै, खेत भने बाँझै

असार १५ मा किसानले दही चिउरा खाँदै धान रोप्नुपर्ने हो। तर, सिँचाइ र मलको अभावमा किसानले यस वर्ष धान रोप्नै पाएका छैनन्। ब्याडको धान बीउ सुक्दै जाँदा किसान थप चिन्तित छन्। सरकारी आँकडाअनुसार यो  वर्ष देशभर १५ दशमलव ६ प्रतिशत मात्रै धान रोपाइँ भएको छ। कृषि वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागका सूचना अधिकारी एवं वरिष्ठ  कृषि अर्थ विज्ञ तिलकराज चौलागाईंका अनुसार सबैभन्दा धेरै सुदूरपश्चिम  प्रदेशमा ४५ दशमलव ५ प्रतिशत रोपाइँ भएको छ।