SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ १०:०१ PM · 1 मिनेट पढाइ

सिजेरियन र हिस्टेरेक्टोमी शल्यक्रिया गरेकाको पीडा : खाटा बस्नु साटो किन चहराइरहन्छ घाउ ?

काठमाडौं : बाजुराकी कविता धामी (नाम परिवर्तन) को प्रसव अवस्थामा शल्यक्रिया गरियो। धनगढीको एक अस्पतालमा छोरा जन्माएको एक महिना भयो। यो अवधिमा उनको घाउ दुईपटक पाकेको छ। पहिलोपटक घाउ पाकेको बेला धनगढीमै उपचार गराइन्। दोस्रोपटक पनि घाउ पाकेपछि प्लेन चढेर काठमाडौं आएकी छिन्। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जको महिला शल्यचिकित्सा वार्डमा भर्ना भएकी धामी भन्छिन्, ‘एक महिनाको अवधिमा दुई पटक घाउ पाक्यो। पहिलोपटक घाउ पाक्दा पाँच दिन अस्पतालमा बसेँ।