वीरगन्ज महानगरका सरसफाइ कर्मचारी काममा फर्किए
वीरगन्ज : वीरगन्ज महानगरपालिकाका सरसफाइ कर्मचारीहरू र सरसफाइ व्यवस्थापनको जिम्मा लिएको ठेकेदार कम्पनी बीचको विवाद सुल्झिएको छ।तलब वृद्धि लगायतका माग राखेर आन्दोलनमा उत्रिएका सरसफाइ कर्मचारीहरूले आइतबार बिहान घण्टाघर चोक लगायत विभिन्न चोकका सडकमै फोहोर थुपारेर प्रदर्शन गरेका थिए। महानगरपालिकाको कार्यालय अगाडि पनि फोहोर थुपारेर प्रदर्शन गरेका सरसफाई कर्माचारीहरूमाथि प्रहरीले लाठी चार्ज गरेर तितरबितर पारेको थियो।
