SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०८:०१ PM · 1 मिनेट पढाइ

बागमती नदीमा नुहाउने क्रममा २ बालकको डुबेर मृत्यु

रौतहट : रौतहटको गढीमाई नगरपालिका-१ को बागमती नदीमा नुहाउने क्रममा आइतबार २ बालकको डुबेर मृत्यु भएको छ।स्थानीय भन्टु राय यादवका ८ वर्षीय छोरा अनिकेश यादव र सुरेश यादवका ८ वर्षीय छोरा आदित्य यादव रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिताराम रिजालले जानकारी दिए। समनपुर–हरैया घाटमा दिउँसो करिब ३ बजे नुहाइरहेका बेला अचानक नदीमा डुबेर उनीहरूको मृत्यु भएको उनले जानकारी दिए।