SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०७:०१ PM · 1 मिनेट पढाइ

कम्युनिस्ट आन्दोलनको भविष्य कुनै एक निर्वाचनले तय गर्दैन : विद्यादेवी भण्डारी

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले हालै सम्पन्न निर्वाचनको परिणामलाई आधार बनाएर कम्युनिस्ट आन्दोलनको भविष्यबारे हतारमा निष्कर्ष निकाल्न नहुने बताएकी छन्। स्वर्गीय मदन भण्डारीको जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले जनताले दिएको सन्देशलाई आत्मसात् गर्दै कम्युनिस्ट आन्दोलनलाई समयअनुकूल परिस्कृत गर्नुपर्नेमा जोड दिइन्।उनले हालैको निर्वाचन परिणामले कम्युनिस्ट शक्तिहरूलाई आफ्नो कार्यशैली, प्राथमिकता र जनसम्बन्धलाई पुनरावलोकन गर्ने अवसर प्रदान गरेको बताइन्।