बजारमा नक्कली औषधिको बिगबिगी : एउटा फार्मेशी बन्द, १५ वटालाई कारबाही सिफारिस
काठमाडौं । SEROFLO ROTACAPS 250 नामक नक्कली औषधि बजारमा फेला परेपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बजार अनुगमनलाई तीव्र बनाएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बिदाको दिनसमेत निरन्तर अनुगमन सञ्चालन गरिएको हो ।
