चुनावमा धक्का खाएका छौं, सकिएका छैनौं : केपी ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले चुनावमा धक्का खाएको भए पनि नसकिएको बताएका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले चुनावमा धक्का आएको सत्य भएको बताउँदै भने, ‘हामी चुनावमा लडेका छौं, मरेका होइनौं ।’उनले आफूहरु फेरि उठेर प्रतिक्रियावादीहरुसँग लड्ने, राजनीति गर्ने र त्यो कुनै लुकेको कुरा समेत नभएको बताएका छन् ।
