SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०६:०० PM · 1 मिनेट पढाइ

दिगो पर्यटन विकास, कानूनी सुधारको खाँचो

नेपाल विश्वकै एक विशिष्ट र आकर्षक पर्यटन गन्तव्य हो। यहाँ विश्वको सर्वोच्च शिखर सगरमाथा सहितका मनमोहक हिमशृङ्खला, समृद्ध जैविक विविधता, पवित्र धार्मिक तीर्थस्थल, अद्वितीय सांस्कृतिक सम्पदा, ऐतिहासिक दरबार क्षेत्र, राष्ट्रिय निकुञ्ज तथा साहसिक पर्यटनका असाधारण स्रोत रहेका छन्। त्यसैकारण पर्यटन क्षेत्र नेपालको अर्थतन्त्र, रोजगारी सिर्जना, विदेशी मुद्रा आर्जन तथा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारको महत्त्वपूर्ण आधार हो। विश्वका अधिकांश देशहरूले पर्यटन क्षेत्रकै माध्यमबाट ठूलो आर्थिक प्रगति गरेका छन्।