SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ११:५९ AM · 1 मिनेट पढाइ

‘डिजिटल लुम्बिनी’ गुरुयोजना सार्वजनिक : लुम्बिनीलाई क्षेत्रीय ‘आईटी हब’ बनाइने

काठमाडौं । लुम्बिनी प्रदेशलाई सबल, सुरक्षित र समृद्ध क्षेत्रीय सूचना प्रविधि केन्द्र (IT Hub) का रूपमा रूपान्तरण गर्ने उद्देश्यका साथ ‘डिजिटल लुम्बिनीः बहुसरोकारवाला परामर्श’ कार्यक्रम सम्पन्न भएको छ । क्यान महासंघ लुम्बिनी प्रदेश र रुपन्देही शाखाको आयोजना तथा सीएसआईटी एशोसिएशन अफ नेपाल रुपन्देही च्याप्टरको सहकार्यमा बुटवलस्थित लुम्बिनी सिटी कलेजमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।