बजेट र मौद्रिक नीतिबीच तादात्म्यता मिलाउँदै राष्ट्र बैंक, एसेट म्यानेजमेन्ट कम्पनी बन्ने पक्का जस्तै
काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिलाई सरकारको वार्षिक बजेटसँग पूर्ण रूपमा तादात्म्यता मिलाएर ल्याउने तयारी गरेको छ । सरकारले तय गरेको आर्थिक लक्ष्य र दिशालाई सफल बनाउन मौद्रिक नीतिले सहयोगी भूमिका खेल्ने केन्द्रीय बैंकले प्रष्ट पारेको छ ।
