अबको ३ दिन देशका विभिन्न प्रदेशमा अत्यधिक वर्षा हुने
काठमाडौं : आजदेखि आउँदो मंगलबारसम्म देशका विभिन्न स्थानमा अत्यधिक वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागले आज उक्त जानकारी दिएको हो। विभागका अनुसार आइतबार कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।विभागले सोमबार कोशी प्रदेशका पहाडी र तराईका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मधेश, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ।
