SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०५:०१ PM · 1 मिनेट पढाइ

हामीले देश बर्बाद पार्यौं भन्ने भाष्य गलत हो : केपी ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले देश बर्बाद पारेको भन्ने भाष्य गलत भएको दावी गरेका छन् । जननेता मदन भण्डारीको ७५ औं जन्म जयन्तीको अवसरमा मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय सभागृहमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले आफूहरुले देश बर्बाद पारेको नभई अगाडि बढाएको बताए ।उनले देश विकास कसरी अगाडि बढेको थियो भन्ने कुरा प्यारामिटरमा हेरिनु पर्ने समेत बताएका छन् ।