नेप्सेमा ४६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार ४६ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ। आज हिमालयन रिइन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको हो। आज कम्पनीको ४.५०  प्रतिशतले हुन आउने ४६ लाख ८० हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो। शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।