SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

रोयल इनफिल्डद्वारा “रोपाइँ महा राइड नेपालगन्ज २०८३”सम्पन्न,

नेपालगन्ज : नेपालका लागि रोयल इनफिल्डको आधिकारिक वितरक अल्फा अटोमोटिभअन्तर्गत नेपालगन्जको आधिकारिक डिलर वेस्टएन्डले नेपाली कृषि संस्कृति, स्थानीय परम्परा र मोटरसाइकल राइडिङ समुदायलाई एउटै सूत्रमा बाँध्ने उद्देश्यका साथ ‘रोयल इनफिल्ड रोपाइँ महा राइड नेपालगन्ज २०८३’ सफलतापूर्वक आयोजना गरेको छ।राष्ट्रिय धान दिवसको पूर्वसन्ध्यामा आयोजित यस विशेष कार्यक्रमले नेपालको कृषि परम्परा, रोपाइँ संस्कार र ग्रामीण जीवनशैलीलाई प्रवर्द्धन गर्दै राइडरहरूलाई अविस्मरणीय अनुभव प्रदान गरेको थियो।