SHARE
अन्नपूर्ण · आइबार​ १४ असार २०८३ ०४:०० PM · 1 मिनेट पढाइ

कोशीले जित्यो राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि

वीरगन्ज : वीरगन्जमा आयोजित नेकोस कप राष्ट्रिय महिला टी–२० क्रिकेटको उपाधि कोशी प्रदेशले जितेको छ। वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा  आइतबार भएको फाइनल खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबलाई ११ रनले पराजित गर्दै कोशीले उपाधि उचालेको हो।कोशीले दिएको ९९ रनको लक्ष्य पछ्याएको एपीएफले १९.५ ओभरमा अलआउट हुँदै ८७ रनमा समेटियो। उसका लागि कविता जोशीले सर्वाधिक १४ रन बनाइन् भने रेवती धामीले १२ र ममता चौधरीले ९ रन बनाइन्।