कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : संयोजक प्रचण्ड
काठमाण्डु – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीहरूबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुने चेतावनी दिएका छन् । आईतबार ‘नेपालका कम्युनिष्ट जननेता मदन भण्डारी विषयक विचार गोष्ठी’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रिय संकट समाधानका लागि कम्युनिष्टहरूबिच एकताको आवश्यकता रहेको बताए । ‘आज फेरि एकचोटी कम्युनिष्ट आन्दोलन एकताबद्ध हुनुअघि समीक्षा गर्नैपर्छ ।
