SHARE
लोक पथ · आइबार​ १४ असार २०८३ ०९:१६ AM · 1 मिनेट पढाइ

प्रतिनिधि सभाबाट ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ सर्वसम्मतिले पारित

काठमाडौं । प्रतिनिधि सभाले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ लाई सर्वसम्मतिले पारित गरेको हो । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले सरकारको तर्फबाट उक्त विधेयक पारित गरियोस् भनी प्रस्तुत गरेको प्रस्तावलाई सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ प्रस्तुत गरेका थिए ।